मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकपमा आज अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

अष्ट्रेलियाले आज जित्यो भने विश्वकपमा उसको पाकिस्तानविरुद्धको लगातार तेस्रो जित हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्वकप २०२३ मा आज शुक्रबार पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा दिउँसो सवा २ बजेबाट सुरु हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

यदि अष्ट्रेलियाले आज जित्यो भने विश्वकपमा उसको पाकिस्तानविरुद्धको लगातार तेस्रो जित हुनेछ । यसअघि सन् २०१५ मा भएको एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले ६ विकेटले र २०१९ मा ४१ रनले पाकिस्तानलाई पराजित गरेको थियो ।

यो विश्वकपमा दुवै टोलीको चौथो खेल हुनेछ । अष्ट्रेलियाले पहिलो तीन खेलमा दुई हार र एकमा जित निकालेको छ । पाकिस्तानले दुई खेलमा जित र एकमा हार बेहोरेको छ । अस्ट्रेलिया भारतसँग ६ विकेटले र दक्षिण अफ्रिका १३४ रनले पराजित भएको थियो । जहाँ श्रीलंकाविरुद्धको खेल भने ५ विकेटले जितेको थियो ।

अर्कोतर्फ पाकिस्तानले नेदरल्याण्ड्स र श्रीलंकालाई हराए पनि भारतसँग ७ विकेटले पराजित भएको थियो ।

अष्ट्रेलिया र पाकिस्तानबीच कुल १०७ ओडीआई खेलिएको छ । अष्ट्रेलियाले ६९ पटक र पाकिस्तानले ३४ पटक जितेको छ । तीन खेलको नतिजा आउन सकेन भने एक खेल बराबरीमा परेको छ ।

एकदिवसीय विश्वकपको कुरा गर्ने हो भने यी दुईबीच हालसम्म १० खेल भइसकेका छन् । अस्ट्रेलियाले ६ र पाकिस्तानले ४ जित हात पारेको छ ।

एम चिन्नास्वामी स्टेडियमको पिच सामान्यतया ब्याटिङका ​​लागि अनुकूल मानिन्छ । यस मैदानमा हालसम्म २६ ओडिआई खेल भएका छन् ।

पहिले ब्याटिङ गर्ने टोलीले ११ खेल जितेको थियो भने लक्ष्य पछ्याउने टोलीले १२ खेल जितेको थियो । २ खेल अनिर्णित र १ बराबरी भएको थियो । पहिलो इनिङ्सको औसत स्कोर २६० रन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार