असार २४, २०८२ मंगलबार July 8, 2025

किन लाग्छ असाध्यै भोक ? यी हुन् सात कारण

आखिर के–के हुन् त भोक लागिरहनुका कारण ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भोक लाग्नु शरीरको स्वभाविक प्रक्रिया हो । निश्चित समयावधीमा हामीलाई भोक अनुभव हुन्छ । तर, कहिले काहिँ खाना खाए लगत्तै भोक लागेको महसुष हुन्छ । यदि त्यसो हो भने, यसले शरीरमा केहि न केहि गडबडी छ भन्ने संकेत गर्छ ।

अनुसन्धानबाट यो तथ्य बाहिर आएको छ कि केही खास कारणले हामीलाई बारम्बार भोक लागिरहन्छ । हामी ती कारणहरु पत्ता लगाउनुको साटो बारम्बार खाइरहन्छौं । यसले गर्दा समस्या समाधान हुनुको साटो झन् बढ्छ । आखिर के–के हुन् त भोक लागिरहनुका कारण ?

पानी कम पिउनु

भोक शान्त गर्ने एउटा उपाय टन्न पानी पिउनु पनि हो । पर्याप्त पानी नपिउँदा शरीर डिहाइड्रेट हुन्छ र हामी थाहा पाउन सक्दैनौं के भइरहेको छ भनेर । हामीलाई लाग्छ कि केही खाएमा ठिक हुन्छ र खाइरहन्छौं । जाडोमा पानीको कमीले अक्सर यो समस्या हुन्छ । यसले गर्दा तौल पनि कम हुन्छ र कमजोरी बढ्छ ।

प्रोटीन र फाइबरको कमी

हामीले गर्ने भोजनमा सही परिमाणमा प्रोटीन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महसुस भइरहन्छ । जब प्रोटिन र फाइबरयुक्त भोजन गर्छौं, त्यतिबेउला पेटबाट यस्तो हार्मोन्स निस्किन्छ, जसले भोकलाई शान्त गरिदिन्छ ।

पर्याप्त क्यालोरी नलिनु

शरीरलाई सम्पूर्ण आहाराको आवश्यकता हुन्छ । यस्तोमा ‘फिगर कन्सस’ भएर महिलाहरु क्यालोरी कम भएको खाना खाने गर्छन् । यस्तो खानेकुरा शरीरका लागि हानिकारक हुन्छ । शरीरमा पर्याप्त मात्रामा क्यालोरीको त्यति नै आवश्यकता हुन्छ जति अन्य पौष्टिक तत्वको । क्यालोरीरहित खानेकुरा खाइयो भने शरीरमा यसको कमि यथावत रहन्छ र सदैव भोक लागिरहन्छ ।

कम समय निदाउनु

भनिन्छ कि निद्रा हरेक रोगको औषधि हो । सातदेखि आठ घन्टाको पर्याप्त निद्राले तपाईंलाई स्वस्थ मात्र होइन, सुन्दर र उर्जावान पनि बनाइराख्छ । पर्याप्त निदाइएन भने शरीर थाकिरहेको हुन्छ र त्यस थकानलाई मेटाउनका लागि पर्याप्त उर्जाको आवश्यकता हुन्छ जुन भोजनबाट प्राप्त हुन सक्छ । उर्जा नहुँदा बारम्बार भोक लागिरहन्छ । एकपटक उर्जा प्राप्त भयोउ भने लगातार भोकको समस्या रहँदैन ।

बिहान नास्ता नखानु

६ देखि ८ घन्टासम्म सुतिसकेपछि शरीरलाई फेरि उर्जा प्राप्त गर्न खाद्यपदार्थको आवश्यकता पर्छ । बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ जसले गर्दा दिनभर भोक लागिरहँदैन । यदि आफ्नो नास्तामा प्रोटिनयुक्त वस्तुहरु समावेश गरियो भने बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

हतारमा खानु

हतार गरेर खाने बानी छ भने यो बानी छाड्नुपर्छ । बिस्तारै बिस्तारै चबाएर खाने गरौं । यसले गर्दा खाएको खाना पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ । त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या रहँदैन ।

अन्य समस्याहरु

यदि माथिका कुराहरु पालना गर्दा पनि बारम्बार भोक लाग्ने समस्या हटेन भने एक पटक डाक्टरलाई भेट्नु राम्रो हुन्छ । हुन सक्छ कुनै रोगले गर्दा यस्तो भइरहेको होस । कतिपय अवस्थामा मधुमेह जस्ता रोगहरुको सुरुवाति चरणमा पनि भोक लागिरहने समस्या हुन्छ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार