मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले हङकङलाई ७९ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो। २१४ रनको लक्ष्य पछ्यााएको हङकङले पुरै ओभर खेलेर ८ विकेट को क्षतिमा १३४ रन बनायो।

हङकङका लागि अन्शी रथले ४५ र ऐजाज खानले २५ रन बनाए। नेपालको लागि करण करण केसी, सोमपाल कामी र ललित राजवंशीले २–२ र प्रतिस जिसी तथा दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा २१३ रन बनाएको हो। ८.१ ओभरमा ४ विकेटको क्षतिसँगै र्धमराएको नेपाली ब्याटिङलाई कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विष्फोट प्रदर्शनले सम्हाल्यो।

नेपालको लागि कुशलले ४१ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै ९२ रनको योगदान गरे। दीपेन्द्र सिंह ऐरीले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाए। ओपनर आसिफ शेखले २०, कप्तान रोहित कुमार पौडेलले ११, सोमपाल कामीले ८ र कुशल भुर्तेलले २ रन बनाए। सन्दीप जोरा र गुल्सन झा भने १–१ मा अविजित रहे।

हङकका लागि भने हर्शून अर्शद र रमोहम्मद घजनफरले २–२ विकेट लिए। नेपालले पहिलो खेलमा यूएई र दोस्रोमा हङकङलाई पराजित गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार