मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकप क्रिकेट : श्रीलङ्काले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः भारतमा जारी विश्वकप क्रिकेटमा श्रीलङ्काले पहिलो जित दर्ता गरेको छ। भारतको लखनउमा आज सम्पन्न खेलमा श्रीलङ्काले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो। ४ खेलपछि श्रीलङ्काले पहिलो जित दर्ता गर्दै २ अङ्क बटुलेको छ।

यस अघि नेदरल्याण्ड्सले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ४ ओभरमा २६२ रन बनाउँदा सबै विकेट गुमायो। जवाफमा श्रीलङ्काले ४८ दशमलव २ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्‍यो।

श्रीलङ्काको लागि सबै भन्दा बडी सदीरा समराविक्रमाले ९१ रन बनाए। त्यसैगरी पथुम निसंकाले ५४ रन,चरिथ असलंकाले ४४ रन तथा धनंजय डीसिल्वाले ३० रन बनाए।

नेदरल्याड्सका लागि आर्यन दत्त१० ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए। त्यसैगरी पॉल वैन मीकरेन र कॉलिन ऐकरमैनले एक एक विकेट लि ।

नेदरल्याड्सको पालीमा साइब्रैंड एंगलब्रेख्तले सबै भन्दा बडी ७० रन बनाए । त्यसैगरी लोगन वैन बीकले ५९ रन , कॉलिन ऐकरमैनले २९ तथा मैक्स ओुडाउड र कप्तान स्कॉट एडवर्ड्सले १६ र१६ रन बनाए।

श्रीलङ्काको लागि दिलशान मदुशंका र कसुन रजिताले चार चार विकेट लिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार