काठमाडौंः त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा यूएईले हङकङलाई पराजित गरेको छ।
मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको हो। १५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो। यो यूएईको पहिलो जित हो।
यूएईको लागि कप्तान मुहम्मद वसीमले ४० र खालिद शाहले ३७ रन बनाए। हङकङका लागि यसिम मुर्ताजाले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको हङकङले पुरै ओभर खेलेर ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो।हङकङको लागि बाबर हयातले ६६ र एजाज खानले अविजित ४८ रन बनाए।
यूएईको लागि भने जहूर खानले ३ र निलन्श केशवानीले २ विकेट लिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया