काठमाडाैंः घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा आज (सोमबार)नेपाल र युएई भिड्दैछन्।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। यसअघि सिरिजका तीनै खेलमा अपराजित रहेको नेपाल सोही लयलाई कायम राख्न चाहन्छ।
सिरिजको पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित भएको युएई जितको खोजीम मैदान उत्रनेछ। सिरिजमा अपराजित नेपाल फाइनलमा पुगिसकेको छ। उता युएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया