काठमाडौँः यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएकाे थियाे ।
नेपालका लागि कप्तान देव खनालले ९२ बलमा ९ चौका र ३ छक्काको मदतमा १ सय रन बनाए । उत्तम रंगु थापा मगरले ५७ रन तथा अर्जून कुमालले ५५ रन बनाए । दिपक प्रसाद डुम्रेले २८ रन जोडे ।
यूएईका लागि हारित सेट्टीले सर्वाधिक ५ तथा आयान अफजल खानले २ र अमर बदामीले १ विकेट लिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया