असार २९, २०८२ आइतबार July 13, 2025

क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो ? : गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले ‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल रुप लिन थालेको टिप्पणी गरेका छन ।

सांसद थापाले वर्तमान सरकारले अब मुलुकलाई कोरोनाको लडाईँबाट पार लगाउन नसक्ने निष्कर्ष कांग्रेसले निकालेको जानकारी गराएका छन । उनले अहिलेसम्म कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गरिरहेको कांग्रेसले अब एक/एक प्रश्नको जवाफ माग्ने बताएका छन ।

‘यो सरकारले कोरोनाको लडाईँबाट पार लगाउन सक्दैन। अब हामी प्रश्न गर्छौँ, उत्तर माग्छौँ, सरकारलाई जवाफदेही बनाउँछौँ ’, नेता थापाले भने ।

उनले पाँचवटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन ।

‘पाँचवटा मेसिन किन्ने, अनि २५ हजार किट किनेर १० अर्बको हिसाब देखाउने, हामी एक एक हिसाब माग्छौँ’, आक्रोशित हुँदै गगनले भने ।

उनले कोरोना रोकथामका लागि बनाइएका क्वारेन्टिन सेन्टरलाई मान्छे मार्ने क्याम्पको रुपमा चित्रण गरेका छन ।

‘प्रधानमन्त्री आएर हामीलाई बताउनुहुन्छ १ लाख ६६ मानिसलाई क्वारेन्टिनमा राखेका छौँ, यो क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो हामीलाई यसको जवाफ चाहिन्छ ।’

उनले सुदूरपश्चिम लगायतका क्षेत्रमा स्वाब संकलन रोकिएकोप्रति पनि सरकारले जवाफ दिनुपर्ने बताएका छन ।

‘सुदूरपश्चिममा स्वाव कलेक्सन रोकिएको छ । प्रदेश २ मा हजारौँ मानिसहरु परीक्षणको रिपोर्ट नआएर छटपटाइरहेका छन् । तर सरकार परीक्षणको दायरा सीमित पारिरहेको छ’, आक्रोशित हुँदै थापाले भने, ‘अब यसो गरौँ, ‘टेष्ट गर्नै बन्द गर्दिने अनि, नेपाललाई कारोना फ्रि देश भन्दिने, यसो गरियो भने कोरोना संक्रमित भेटिँदैनन् ।’

उनले केही कर्मचारीको सरुवा गरेर स्वास्थ्य मन्त्रालय जिम्मेबारीबाट भागिरहेको आरोप लगाएका छन।

उनले आरडीटी परीक्षणमा खर्च देखाएर सरकारले अपराध गरिरहेको बताएका छन।

उनले कोरोना रोकथामका लागि भन्दै गठन भएको उच्च्च स्तरीय समितिलाई संसदले नचिन्ने भन्दै त्यसका संयोजक उपप्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन ।

उपप्रधानमन्त्रीको जवाफ चित्त नबुझे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले बताएका छन । प्रधानमन्त्रीको गीत र कविताबाट जनताले राहत नपाउने उनको भनाई छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार