मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

उद्घाटन खेल तेस्रो संस्करणको विजेता सात बाघ र पहिलो संस्करणको विजेता रोयल किङ्गबीच हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालमै पहिलो पटक स्थानीय स्तरबाट फ्रेन्चाइज पद्धतिद्वारा क्रिकेट प्रतियोगिता सुरु गरेको पथरी शनिश्चरे प्रिमियर लिगले आजदेखि चौथो संस्करणको क्रिकेट प्रतियोगिता सुरु गर्ने भएको छ ।

मैदान अभावका बावजुत चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट पथरी रङ्गशालामा हुने भएको छ । उद्घाटन खेल तेस्रो संस्करणको विजेता सात बाघ र पहिलो संस्करणको विजेता रोयल किङ्गबीच हुनेछ ।

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका सात फ्रेन्चाइज क्लबबीच प्रतिस्पर्धा गर्दैछन् । सात क्लबहरुले क्रिकेट प्रतियोगिताका लागि अक्सनमार्फत एक सय तीनजना खेलाडी अनुबन्ध गरेको हो । सात क्लबले कम्तीमा १४ खेलाडीलाई अक्सनअघि नै अनुबन्धन गरिसकेको थियो । दुई सय ३१ जना क्रिकेट खेलाडीले यो सिजनको लिग खेल्नका लागि अक्सनमा सहभागिता जनाएका थिए ।

यस पटकदेखि पथरीशनिश्चरे नगरबाहिरको चारजना खेलाडीले समेत सहभागिता हुन पाएका छन् । एक क्लबले चार खेलाडी अनुबन्धन गर्ने छन्भने दुई खेलाडीलाई ‘प्लेइङ एलाभेन’मा समेट्न सक्ने छन् । प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, वीरेन्द्रनगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सातवटा टोली यो सिजनमा भिड्दैछन् ।

प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु एक लाख ३१ हजार र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु ७१ हजार एक सय ११ प्राप्त गर्नेछ । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रतियोगिताको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार