काठमाडौंः टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।
सिंगापुरका लागि राेहन रंगराजनले व्यक्तिगत सर्वाधिक ४६ रन बनाए । त्यस्तै, अर्याबिर चौधरीले ३७, मनप्रित सिंहले २४ रन बनाए ।
नेपालका बलर अबिनास बोहराले ३, सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुइ दुइ विकेट लिएका थिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया