मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई फराकिलो अन्तरले हरायो

दक्षिण अफ्रिका १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई फराकिलो अन्तरले हराएको छ । यो जितपछि दक्षिण अफ्रिका १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भारतको पुनेमा भएको भएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १ सय ९० रनको विशाल अन्तरले हराएको हो ।

३ सय ५८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३५.३ ओभरमा १ सय ६७ रनमा अलआउट भयो । लगातार तेस्रो हार ब्यहोरेपछि कीवी टोली चौथो स्थानमा झरेको छ ।

दक्षिण अफ्रिकाका बलरसामु न्युजिल्याण्डका ब्याट्समान निरीह बनेका थिए । ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । दक्षिण अफ्रिकाका केशव महाराजले ४ तथा मार्को जानसेनले ३ विकेट लिए ।

त्यसअघि क्विन्टन डी कक र रासी भन डर डुसेनको शतक मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट क्षतिमा ३ सय ५७ रन बनाएको थियो ।

डुसेनले ११८ बलमा १ सय ३३ तथा डी ककले ११६ बलमा १ सय १४ रन बनाए । डी कक विश्वकपमा ५ सय रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । विश्वकपमा उनको यो चौथो शतक हो । डेभिड मिलरले ३० बलमा ५३ रन बनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार