असार २९, २०८२ आइतबार July 13, 2025

भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, टेक्सस । भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका लागि राजदूत रहनुभएकी केलीलाई ज्ञापनपत्र बुझाउँदा त्यसले विशेष महत्व राख्ने सङ्घको बुझाइ छ । नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सा समेत समावेश गरी सङ्घले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरा समेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक त्रिपाठीले बताए ।

साथै राजदूत केलीको राजनीतिक सल्लाहकारसँग समेत अनलाइनल माध्यम मार्फत अन्तक्र्रिया गरिएको त्रिपाठीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार