असार २९, २०८२ आइतबार July 13, 2025

सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि पाँच सय स्थानमा बिओपी राख्ने लक्ष्य : गृहमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सीमा सुरक्षा व्यवस्थापन गर्नका लागि पाँच सय स्थानमा बिओपी राख्ने लक्ष्य राखिएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

यसअन्तर्गत पहिलो चरणमा दुई सय २१ वटा बोर्डर आउट पोस्ट स्थापना कार्य अघि बढिरहेको उनले सदनलाई जानकारी दिएका छन।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले अहिलेसम्म दार्चुलाको छ्याङरू र हुम्लाको हिल्सासमेत गरी एक सय २९ स्थानमा बोर्डर आउट पोस्टको स्थापना भइसकेको जानकारी दिएका छन ।

उनले भने, ‘आगामी आर्थिक वर्षमा ५९ वटा बोर्डर आउट पोस्टको स्थायी भौतिक संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।’

हाल कोरोनाको प्रवेश रोकथामका लागि १२ सय १३ स्थानमा बिओपी विस्तार गरिएकोसमेत उनले बताएका छन ।

समाजमा हुने हत्या, हिंसा, चोरी, तस्करी, ठगी, अपहरण, बलात्कार, जातीय वा महिला हिंसाजस्ता आपराधिक कार्यप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न गृह प्रशासन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सामाजिक अपराधमा संलग्न जोकोहीलाई पनि कानुनबमोजिम विनापूर्वाग्रह र निष्पक्ष रूपमा कारबाहीमा ल्याउन गृह मन्त्रालयमातहतका पदाधिकारीहरूलाई निर्देशनसमेत दिएको उनले बताएका छन ।

थापाले भने, ‘कहीँ कतैबाट राजनीतिक वा आर्थिक प्रभावमा परी कर्तव्यपालनामा कहीँ कतै कमजोरी भएको पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार