काठमाण्डौः नेपाल टी–ट्वान्टी विश्वकपमा छनोट भएको छ ।
मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै नेपाल टी–ट्वान्टी विश्वकपका लागि छनोट हुन सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङको निर्णय गरेको युएईले निर्धारित २० ओभरमा १३४ रन मात्रै बनाउन सक्यो । बलिङतर्फ नेपाली बलर कुशल मल्लले तीन विकेट लिए भने सन्दिप लामिछानेले दुई, सोमकाल कामी र रोहित पौडेलले समान एक–एक विकेट लिए ।
जवाफ ब्यटिङमा उत्रिएको नेपालले १८ ओभरमा लक्ष्य भेट्टाउन सक्यो । नेपालका लागि ओपनर ब्याट्सम्यान आरिफ शेखले सबैभन्दा धेरै ६४ रन प्रहार गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया