मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अन्तराष्ट्रिय पौडी महासङ्घका अध्यक्ष हुसेन नेपाल भ्रमणमा आउँदै

अध्यक्ष हुसेन कात्तिक २१ गते मङ्गलबार काठमाडौँ आइपुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल पौडी सङ्घको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासङ्घ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । पौडी खेलको विकास र विस्तार गर्नेक्रममा विभिन्न देशको भ्रमणमा रहनुभएका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासबारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई अझै अगाडि बढाउने उद्देश्यसाथ पौडी सङ्घका पदाधिकारीहरू र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष हुसेन कात्तिक २१ गते मङ्गलबार काठमाडौँ आइपुग्ने जानकारी नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले दिनुभयो । अध्यक्ष हुसेनको भ्रमणले नेपालका पौडी खेल तथा त्यससँग सम्बन्धित अन्य खेलको विकासमा सहयोग पुग्ने अध्यक्ष बज्राचार्यले बताउनुभयो । यसैगरी नेपालमा पौडी खेललगायत एक्वाटिक्स खेलको विकासका लागि महासङ्घका कोचिङ्ग एडभाइजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) पनि सोमबार नेपाल आउनुहुनेछ ।

उहाँहरूले सोमबार र मङ्गलवार दुई दिन नेपालको पौडी प्रशिक्षकलाई प्रशिक्षण दिनुहुनेछ । सो अवसरमा नेपाली प्रशिक्षकले कोचिङ्ग स्किल डेभलपमेन्टसम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्राप्त गर्नेछन् । सो कार्यक्रममा नेपालका प्रमुख पौडीबाजहरूले पनि सहभागिता जनाउने पौडी सङ्घका अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार