मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपालसँग खेल्ने यूएईको टोली घोषणा

जुलाईमा मुख्य प्रशिक्षक भनेका पोर्चुगिज कोच बेन्टोले नेपालसँगको खेलबाटै प्रतिस्पर्धात्मक यात्रा सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणमा नेपाल र बहराइनसँग खेल्नका लागि सयुंक्त अरब इमिरेट्सले (यूएई) ले टोली घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक पाउलो बेन्टोले नेपाल र बहराइनसँगको सुरुवाती दुई खेल खेल्नका लागि २८ खेलाडीको नाम सार्वजनिक गरेको युएई फुटबल संघले जनाएको छ । जुलाईमा मुख्य प्रशिक्षक भनेका पोर्चुगिज कोच बेन्टोले नेपालसँगको खेलबाटै प्रतिस्पर्धात्मक यात्रा सुरु गर्नेछन् ।

यसअघि बेन्टो दक्षिण कोरियाका प्रशिक्षक थिए तर २०२२ डिसेम्बरमा भएको कतार विश्वकपपछि उनले टिम छाडेका थिए ।एसिया छनोटको दोस्रो चरणमा नेपाल युएई बहराइन र यमन समूह एचमा छन् ।

नेपालले नोभेम्बर १६ (३० कात्तिक) मा युएईसँग उसैको मैदानमा खेल्दै छनोट यात्रा सुरु गर्नेछ भने नोभेम्बर २१ (५ मंसिर) मा घरेलु मैदानमा यमनसँग खेल्नेछ । युएईले दोस्रो खेल ५ मंसिरमा बहराइनसँग खेल्नेछ ।

नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको हो । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि छनोटका खेलका लागि २६ खेलाडीलाई राखेर प्रशिक्षण गराइरहेका छन् ।

पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई पराजित गर्दा युएई र बहराइनले भने वरीयताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका हुन् ।

यूएर्को टोली

खालिद ईसा, अली खसिफ, मोहम्मद अल शम्सी, हसन हम्जा, खालिद अल हश्मी, खालिफा अल हम्मादी, मोहम्मदे अल अत्तास, ओमानर हुसेन हाइकाल, अहमेद जमिल, खालिद अल धान्हानी, जायद सुल्तान, अब्दुल रहमान सालेह, अब्दुल्लाह इद्रिस, अली सल्मिन, याहिख नादीर, मोहमेमद अब्बास, हाजिम मोहमेमद, माजिद रासिद, अब्दुल्लाह रमादान, ताहनुन अल्जाबी, याहया अल-धास्सानी, हरिब अब्दुल्ला, फाबियो डे लिमा, अली सालेह, अली मब्खोउत, सुल्तान अबेल, इस्सा खाल्फान, काइयो कानेडो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार