काठमाण्डौंः चेल्सीले नौ खेलाडीमा सीमित टोटनहमलाई सोमबार इंग्लिस प्रिमियर लिगमा ४–१ ले पराजित गरेको छ । यससँगै टोटनहमको लिगमा अपराजित यात्रा पनि समाप्त भएको छ । खेल आफैमा पनि विवादास्पद र नाटकीय रह्यो ।
चेल्सीका लागि निकोलस ज्याक्सनले ह्याट्रिक गरे । चेल्सीका प्रशिक्षक मउरिसो पोचेटिनोले सन् २०१९ मा टोटनहमले वर्खास्त गरेयता विजयी पुनर्आगमन गर्न सफल रहे । क्रिस्टियानो रामेरो र डेस्टिनी युडोगीलाई रातो कार्ड देखाईपछि खेल विवादस्पद रह्यो ।
यस्तै ‘भार’ को निर्णयका कारण पनि खेल नाटकीय रह्यो । टोटनहमले डेजान कुलसेकभीको गोलमा छैटौं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि कोल पाल्मरले पेनाल्टीबाट बराबरी गोल फर्काए ।
ज्याक्सनले ७५ औं मिनेटमा आफ्नो पहिलो गोल गरेयता दोस्रो हाफको इन्ज्युरी समयको चौथो र सातौं मिनेटमा दुई गोल गरे । यो जितपछि चेल्सी १५ अंक सहित दसौं स्थानमा उक्लेको छ । टोटनहम भने २६ अंकमा दोस्रो स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया