मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपाल र यमनबिचको विश्वकप छनोट खेल मङ्सिरमा हुने

नेपालले युएईसँग  घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार  आगामी मङ्सिर ५ गते  बेलुकी ७ बजे काठमाडौँको दशरथ रङ्गशालामा  खेल हुनेछ। यसअघि नेपालले युएईसँग  घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्बर्टो एनेसको सल्लाहमा नेपाललाई फाइदा पुग्नेगरी यमनसँगको खेल बेलुकी ७ बजे खेलाउन लागिएको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।

साधारण प्यारापिटतर्फ ४ सय र भिआइपी प्यारापिटतर्फ एक हजार रुपियाँ टिकट दर तोकिएको प्रवक्ता शाहले जानकारी दिनुभयो। खेल सकिएपछि दर्शकका लागि आव-जावतलाई सजिलो बनाउन साझा यातायात तथा अन्य यातायात कम्पनीसँग कुरा भइरहेको पनि शाहले जानकारी गराउनुभयो।

विश्वकप छनोटका लागि प्रशिक्षक एनेसले २६ जना खेलाडीलाई बन्द प्रतिक्षण गराइसक्नु भएको छ। जसबाट २३ खेलाडी छानिने छन् । यमन विश्व फुटबल महासङ्घ (फिफा) को वरीयता १५६ औँ र नेपाल १७३ औँ स्थानमा रहेको छ। प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४०० रहेको एन्फाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार