असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्री ओलीले आज सांसदहरुको प्रश्नको जवाफ दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा बजेटलाई लिएर सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।

प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेपछि बस्दैछ । सो बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने संसद सचिवालयको कार्यसूचि उल्लेख छ ।

प्रधानमन्त्री ओलीले विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शिर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने छन् ।

प्रधामनमन्त्री ओलीले सबै सांसदका प्रश्नको जवाफ समग्रमा दिने तयारी रहेको छ।

संसदको बुधबारको बैठकमा सभामुख अग्नि प्रशासद सापकोटाले सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश गर्ने छन् ।

यस्तै बुधबार विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ ।

यसैगरी अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९चौबिसौँ संशोधन० विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार