कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

चिनियाँ कम्युनिस्ट पार्टीले दियो दलहरूलाई छुट्टाछुट्टै राहत सामाग्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलहरूलाई २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री उपलब्ध गराएको छ ।

बुधबार होटेल याक एण्ड यतिमा मुख्य दलका नेताहरूको उपस्थितिमा सो राहत सामाग्री हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशका भूकम्पीडितहरूका लागि राजनीतिक दलहरुमार्फत प्रभावित क्षेत्रमा पुर्‍याउने कांग्रेसका नेता रामहरि खतिवडाले बताए । छठ पर्वपछि उक्त सामाग्री भूकम्पपीडितलाई हस्तान्तरण गर्ने खतिवडाले बताए ।

‘चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले २ करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री नेपाली राजनीतिक दलहरूलाई हस्तान्तरण गरेको छ । अब छठलगत्तै उक्त सामाग्री एक द्वार प्रणालीमार्फत भूकम्पपीडितलाई हस्तान्तरण गरिन्छ’, खतिवडाले बताए ।

खतिवडाका अनुसार दलहरूलाई छुट्टाछुट्टै राहत सामाग्री उपलब्ध गराएको हो । हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, कांग्रेसबाट खतिवडा, एमालेबाट विदेश विभाग प्रमुख राजन भट्टराई, जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीबाट केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठ सहभागी भएको खतिवडाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार
निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण
२०८२ कार्तिक १४, शुक्रबार
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
२०८२ कार्तिक १४, शुक्रबार