असार २९, २०८२ आइतबार July 13, 2025

छुटेको भूमाग समेटेर नक्सा संशोधन गर्ने विषय सबैको साझा जसको विषय :प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छुटेको भूमाग समेटेर नक्सा संशोधन गर्ने विषय सबैको साझा जसको विषय भएको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले संविधान संशोधन र अतिक्रमित भूमी फिर्ता गर्ने विषय आम नेपालीको साझा जसको विषय भएको बताएका हुन्।

संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै विपक्षी दलका सांसदहरुले नक्सा संशोधनको विषयलाई सत्तारुढ दलले मात्र जसको विषय बनाएको र प्रधानमन्त्री ओलीको देवत्वकरण गरेको भन्दै असन्तुष्टि जनाएका थिए।

जवाफमा ओलीले संसदमा भने, ‘भूमीमाथि हाम्रो हक कायम गर्ने साझा प्रयास हो। यो कसले जस लिने कसले नलिने भन्ने होइन। सबै नेपालीको जसको विषय हो। हामी सबैले समय समय यो विषयलाई उठाउँदै आएका छौं। स्वतन्त्र रुपमा खोज अनुसन्धान हुँदै आएको छ। कोही जसबाट उन्केला भन्नै पर्दैन। सबैको साझा उपलब्धि हो।’

नक्सा संशोधनको विषयमा मंगलबार संसदमा देखिएको एकता राष्ट्रिय एकताका पक्षमा असाधरण भएको भन्दै ओलीले खुशी व्यक्त गरेका छन।

‘हिजोको बैठकमा असाधरण राष्ट्रिय एकता देखियो। एकताप्रति म गर्भ गर्दछु। दलीय व्यवस्थामा राष्ट्रिय एकता कहिले कहिले मात्र देख्न पाइन्छ, ओलीले अगाडि भने,‘यस मामिलामा हाम्रो संसद एक जुट छ। साझा चुनौतीहरुको सम्बोधन गर्न एकताबद्ध भएर अघि बढ्न सक्छौं। संसदमा रहेका सबै राजनीतिक दल र मानीय ज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर व्यक्त गर्दछु।’

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा संसदमा मात्र नभइ बाहिरसमेत देखिएको एकताले खुशी बनाएको उल्लेख गरेका छन। ‘संसदभन्दा बाहिर देखिएको एकताले पनि खुशी बनाएको छ। यो राष्ट्रियताको विषयमा एक भएर अघि बढ्न सक्षम छ भन्ने उदाहरण हो।’

मंगलबार संसदले नक्सा संशोधन गर्ने विधेयक सर्वसहमतिले स्वीकृत गर्दै संशोधनका लागि पठाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार