असार २९, २०८२ आइतबार July 13, 2025

कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको ठहर गर्दै ध्यानाकर्षण गराएको छ ।

कोरोना महामारीले पार्ने अल्पकालिन र दिर्घकालिन समस्याको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कांग्रेसले सरकारले कोरोना महामारी नियन्त्रण गर्न असफल भएको बताएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएपछि कांग्रेस नेता रमेश लेखकले नेपालमा संक्रमण देखिएको साढे चार महिना हुँदा पनि सरकारले तदारुकताका साथ काम गर्न नसकेको बताउनुभयो । सरकारले अग्रपंक्तिमा रहेर काम गर्नेहरुका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन नसकेको, क्वारेन्टाइनहरुको उचित व्यवस्थापन गर्न नसकेको, उचित ढंगले परीक्षण नभएको उहाँले बताउनुभयो ।

लक डाउनको साढे २ महिनाभन्दा बढी समय वित्दा समेत सरकारले अस्पतालहरुको गुणस्तर सुधार गर्न नसकेको, मापदण्ड अनुसार आइसोलेसनको व्यवस्था गर्न नसकेको विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले तत्काल आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन, अस्पतालको क्षमता र गुणस्तर वृद्धि गर्न, उचित ढंगले राहत वितरण गर्न सरकारलाई सुझाव दिएको नेता लेखकले बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त सुझावहरुलाई गम्भिरताका साथ लिएको बताउनुभयो । कोरोना नियन्त्रणका लागि प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने आश्वासन पनि उहाँले दिनुभएको नेता लेखकले बताउनुभयो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसको तर्फबाट नेता पौडेलसँगै प्रकाशरण महत, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड र रमेश लेखक ध्यानाकर्षण पत्र बुझाउन पुग्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार