असार २२, २०८२ आइतबार July 6, 2025

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बर्दिया, ३ मंसिर । घाँस, दाउरा ल्याउन जंगल गएकी एक महिलाको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालका अनुसार बाघको आक्रमणमा २५ वर्षीया ममता सुनारको मृत्यु भएको छ। दुई महिला घटनालाई देखेर बेहोस भएका छन्।

आज दिउसो करिव १२:३० बजे राजापुर नगरपालिका-१० सुकुम्बासी वस्ती नजिक रहेको वनमा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया