२८ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मृत्यु भएका सबै कोरोनाकै कारणले मात्र मृत्यु नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको मृत्यु कोरोनाले मात्र नभएको दाबी गरेका छन् ।
उनले कतिपय अरु कारणले, अत्यन्त सिकिस्त भएका बेला कोरोना सरेको र उपचारत रहदा कोरोना सरेको बताएका छन् ।
मृत्यु भएका १५ जना कोरोनाको कारणले मात्र मृत्यु भएको होइन भन्दै प्रधानमन्त्री ओलीले नेपालीहरुमा प्रतिरोध क्षमता धेरै राम्रो भएको बताए ।
उनले अन्य देशको तुलनामा संक्रमितको तुलना गर्दा मृत्यु हुनेको संख्या धेरै कम रहेको बताए ।
साथै प्रधानमन्त्री ओलीले नेपालमा संक्रमितहरुको राम्रोसँग उपचार गरिएका कारण पनि संक्रमितको तुलनामा मृत्यु कम भएको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया