२८ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले भारतीय पक्षबाट बाटोको नाममा बाँध बनाउदै गरेको जानकारी गराउदै त्यस्ता कार्य असल छिमेकी र अन्तराष्ट्रिय कानुन विपरित भएकाले त्यसबारे नेपाल सरकारले भारतलाई सजग गराईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “अहिले सुन्छु फेरी कतिपय ठाउँमा भारतले बाटोको नामका बाँध बनाउँदै छ । यी कुरा तर्फ हाम्रो ध्यान गएको छ र त्यसको विरोधमा भारतलाई सजग गराईरहेका छौ । छिमेकी भएर छिमेकीको खेत डुबानमा पार्ने गरी बाटा, संरचना केही पनि निर्माण गर्न पाईदैन । अन्तराष्ट्रिय कानुनले पनि पाईदैन । असल छिमेकीको हिसाबले पनि पाईदैन । त्यसकारण भारतले यस्तो गर्न मिल्दैन । ”
उहाँले भारत सरकारले पछिल्ला गल्ति सबै सच्याउनुपर्ने बताउनुभयो । न्यायोचित कुराको हकमा लड्न हिचकिचाउने सरकार नभएको र सार्वभौम समानताको नीतिको आधारमा व्यवहार गर्ने गरेको तथा सोही अनुरुप अघि बढ्ने स्पष्ट पार्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया