मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

टि-२० सिरिज : अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध भारत विजयी भएको छ । भारतले अष्ट्रेलियालाई ४४ रनले पराजित गरेको हो । जितसँगै पाँच खेलको टि२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २५ बलमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै कप्तान म्याथ्यु वेड ४२, टिम डेविडले ३७, जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रन बनाए ।

बलिङतर्फ भारतका रवि विश्रोई र प्रसिद्ध कृष्णा ३/३ विकेट लिए । त्यस्तै अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एक/एक विकेट लिए ।

त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो ।

भारतका लागि ओपनर रितुराज गायकवाडले ४३ बलमा ५८ रन बनाए । अर्का ओपनर यशस्वी जैसवालले २५ बलमा ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यस्तै इशान किशनले ५२, रिंकु सिँहले ३१, सुर्यकुमार यादवले १९, तिलक बर्माले ७ रन बनाए ।

अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए । मार्कस स्टोइनिसले १ विकेट लिए । पहिलो खेलमा भारत २ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल मंगलबार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार