मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई ३-२ गोल अन्तरले हरायो

च्याम्पियन्स लिग: आरबी लेइपजिंगमाथि म्यानचेस्टर सिटीको रोमान्चक जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः युईएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आरबी लेइपजिंगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २-० गोलले पछि परेको सिटीले खेलको दोस्रो हाफ शानदार कमब्याक गर्दै ३ गोल गरेर जित हासिल गरेको थियो । सिटीको जितमा इर्लिंग हालाण्ड, फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि लोइस ओपेन्डाले दुवै गोल गरेका थिए ।

यो जितपछि समुह जी मा म्यानचेस्टर सिटीको ५ खेलमा १५ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । सिटी च्याम्पियन्स लिगको राउण्ड १६ मा छनौट भइसकेको छ । त्यस्तै आरबी लेइपजिंगको ५ खेलमा ९ अंक रहेको छ र यस समुहमा लेइपजिंग पनि राउण्ड १६ मा छनौट हुने निश्चित रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार