असार २४, २०८२ मंगलबार July 8, 2025

आज जोर नम्बरका गाडी चलाउन पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारीसाधनलाई जोड विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको छ । जसअनुसार शुक्रबार जोड नम्बरका गाडीलाई चलाउन दिइएको छ ।

तर, विजोर नम्बरका सवारी पनि सडकमा उत्तिकै देखिएका छन् । यसरी विजोर नम्बरका सवारीसाधान चलाउने २६९ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले जानकारी दिएका छन।

प्रहरीका अनुसार पहिलो दिन भएकाले कतिपय सर्वसाधारण थाहा नपाएर पनि विजोर नम्बरका गाडी लिएर निस्किएका छन् । उनीहरुको सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्ड गराएको छ ।

बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो भने सरकारका प्रवक्ता डा. युवराज खतिवाडले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर जोड विजोडको नीति लागु गरिएको बताएका थिए ।

त्यसअनुसार ट्राफिकले जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने गरी नियम बनाएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन । उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार