श्रावण ३, २०८२ शनिबार July 19, 2025

विन्डोज १० मा थप तीन वर्ष सेक्युरिटी अपडेट पाउन शुल्क तिर्नुपर्ने

माइक्रोसफ्टले विन्डोज १० मा दिने औपचारिक सपोर्ट २०२५ अक्टोबर १४ मा समाप्त हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विन्डोज १० प्रयोगकर्ताले माइक्रोसफ्टबाट थप ‍सेक्युरिटी अपडेट पाउन शुल्क तिर्नुपर्ने भएको छ । इच्छुक प्रयोगकर्तालाई विन्डोज १० को एक्सटेन्डेड सेक्युरिटी अपडेट (ईएसयू) प्रोग्राम सब्सक्राइब गर्न माइक्रोसफ्टले विकल्प दिएको हो ।

माइक्रोसफ्टले डेस्कटपका लागि जारी गरेको पछिल्लो अपरेटिङ सिस्टम विन्डोज ११ हो । प्रयोगकर्ताबीच भने अझै पनि विन्डोज १० पनि उस्तै लोकप्रिय रहेको बताइन्छ ।

तर माइक्रोसफ्टले विन्डोज १० मा दिने औपचारिक सपोर्ट २०२५ अक्टोबर १४ मा समाप्त हुँदै छ । उक्त मितिपछि विन्डोज १० मा माइक्रोसफ्टले दिने सबै प्रकारको सपोर्ट बन्द हुने छ ।

त्यस्तो अपरेटिङ सिस्टम चलाउँद ह्याकरको पासोमा पर्ने सम्भावना अधिक हुन्छ । तर अब भने निश्चित रकम तिरेर उक्त मितिपछि पनि विन्डोज १० मा सेक्युरिटी अपडेट पाउन सकिने भएको हो ।

यसका लागि ईएसयू सब्सक्राइब गर्न व्यक्तिगत तथा संस्थागत दुवै तरिकाबाट सकिने माइक्रोसफ्टले बताएको छ । तर सब्सक्राइब गर्न लाग्ने शुल्क भने खुलाइएको छैन । तथापि तीन वर्षसम्म सेक्युरिटी अपडेट पाउन सकिने बताइएको छ ।

ईएसयू सब्सक्राइब गर्ने प्रयोगकर्ताले माइक्रोसफ्टबाट मासिक रूपमा सेक्युरिटि अपडेट पाउनेछन् । तर ईएसयू सब्सक्राइब गरेपनि सेक्युरिटी अपडेट बाहेक नयाँ फिचर, डिजाइन लगायतका सुविधा भने नदिने माइक्रोसफ्टले भनाइ छ । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहाेस् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार