असार २९, २०८२ आइतबार July 13, 2025

भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् ।

पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उनले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपालको भूमि भएकाले सरकारले भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गरी उक्त भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।

भूभाग फिर्ता ल्याउने विषयमा अन्तर्राष्ट्रियकरण वा अन्तर्राष्ट्रिय अदालतमा जानुभन्दा वार्तावाटै समस्याको समाधान खोज्न सरकालाई उनले आग्रह गरे । मुलुकमा कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै थ्रोट स्वाब ९पीसीआर० परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने उनले बताए ।

कृष्णप्रसाद कोइराला सेवा गुठीको आयोजनामा भएको कार्यक्रममा गुठीका अध्यक्ष मीता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो तथा सञ्चारकर्मी अनन्तराज न्यौपानेले स्व आर्चायले सीमान्तकृत जनताको आर्थिक उन्नति र प्रजातन्त्र स्थापनाका लागि गरेका योगदानको चर्चा गरेका थिए ।

स्मृति दिवसका अवसरमा कोशी अस्पतालमा उपचारार्थ बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार