काठमाण्डौंः टाइम्स इन्टरनेसनल र नेपाल आर्मी दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको प्रतिस्पर्धामा टाइम्सले बुढानीलकण्ठलाई ८१-७१ ले पराजित गर्यो।
टाइम्सको जितमा मनीष केसीले २३ अंक योगदान गरे। अमृत कोइरालाको २१ अंक सहयोगमा आर्मीले स्नोल्यान्डलाई १०५-४० ले सहजै हरायो। समूहचरणका अन्य खेलमा बलर्स एकेडेमी र ओभ्स हाउन्ड्सले जित निकाले।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया