मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अन्तिम टी–२० आईमा भारतसँग दक्षिण अफ्रिका पराजित

तीन खेलको सिरिज १–१ को बराबरीमा सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कप्तान सूर्यकुमार यादवको कीर्तिमानी शतक र स्पिनर कुलदीप यादवको घातक बलिङको सहयोगमा भारतले तेस्रो तथा अन्तिम टी–२० आईमा दक्षिण अफ्रिकामाथि १ सय ६ रनको जित हात पारेको छ। योसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।

जितको लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३ दशमलव ५ ओभरमा ९५ रनमा अल आउट भयो।

दक्षिण अफ्रिकाका डेविड मिलरले सर्वाधिक ३५ रन बनाए। एडेन माक्ररम २५ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। भारतका कुलदीप यादवले ५ विकेट लिए। रविन्द्र जडेजाले दुई, मुकेश कुमार र अर्शदीप सिंहले एक एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १ रन बनायो। भारतका सूर्यकुमार यादवले ५६ बलमा एकसय रनमा अविजित रहे। यशस्वी जैसवाल ६० र रिंकु सिंह १४ रनमा आउट भए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्। दक्षिण अफ्रिकाका केशव महाराज र लिजार्ड विलियम्सले समान दुई विकेट लिए।

पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो। अव यी दुई देशबीच तीन ओडिआई र दुई टेस्ट खेलको सिरिज हुनेछ। पहिलो ओडीआई आइतबार हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार