मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एनएसएलमा इलामको सुखद अन्त्य, अन्तिम खेलमा ललितपुरविरुद्ध १-० ले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अन्तिम खेलमा ललितपुर सिटी एफसीविरुद्ध १–० को जित निकाल्दै स्पोर्टिङ इलाम डे मेची एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आफ्नो यात्रा टुंग्याएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इलामलाई जित दिलाउन फोडे कमाराले गरेको गोल निर्णायक बन्यो । कमाराले ५९औँ मिनेटमा गोल गर्दै इलामलाई अग्रता दिलाएका थिए । ललितपुरका रक्षक ओमोलाजा करिमको खुट्टाबाट बल खोस्दै कमाराले गोल गरेका थिए ।

जारी प्रतियोगितामा इलामको यो दोस्रो जित हो । इलामको अन्तिम–४ मा पुग्ने सम्भावना यसअघि नै समाप्त भइसकेको थियो । आठ खेलबाट आठ अंक जोडेको इलाम लिग तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । इलामले दोस्रो संस्करणका आठमध्ये दुईमा जित, दुईमा बराबरी र चार खेलमा हारको नतिजा आत्मसात् गर्‍यो ।

प्रतियोगितामा ललितपुरको भने यो पहिलो हार हो । हारपछि ललितपुरले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ललितपुर यसअघि ६ खेलसम्म अपराजित थियो ।

तालिकाको तेस्रो स्थानमा रहेको ललितपुरको सात खेलबाट १० अंक छ । ललितपुरभन्दा अगाडि रहेका पोखरा थन्डर्स र धनगढी एफसीले समान ६ खेलबाट क्रमशः ११ र १२ अंक जोडेका छन् ।

गएको मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स प्रतियोगितामा सहभागी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार