काठमाडौंः नेपाल सुपर लिग (एनएसएल)मा स्पोर्टिङ इलाम विजयी भएको छ ।
दशरथ रंगशालामा आज भएको खेलमा इलामसँग ललितपुर सिटि १–० गोल अन्तरले पराजित भएको हो । इलामको जितका लागि खेलको ५९ औं मिनेटमा फाडे कामाराले विजयी गोल गरे । यस सिजनमा अपराजित ललितपुर सिटी एफसीको भने यो पहिलो हार हो ।
आजको जितसँगै इलामले ८ खेलबाट ८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । ललितपुर भने ७ खेलबाट १० अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत रह्यो । यस्तै आजै बुटबल लुम्बिनी एफसी र पोखरा थण्डर्स प्रतिस्पर्धा भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया