काठमाडौं : नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँ बजेबाट सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको थियो ।
इलामले ललिपुरलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा ललितपुरको पहिलो हार हो । यस हारसँगै सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ ।

जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । हिजो नै भएको अर्को खेलमा विजयी भएको पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ । बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले हराउँदै पोखराले प्लेअफमा स्थान सुरक्षित गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया