असार २९, २०८२ आइतबार July 13, 2025

संसदीय समितिको ५ वटा बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सम्बन्धी निर्णय हुनेछ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २५ अनुसार गठित केन्द्रीय बजार अनुगमन समितिबाट उपभोक्ताको हक, हित संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धताको अनुगमन वा सुपरिवेक्षणका सम्बन्धमा हालसम्म भए गरेका कामकारबाहीका सम्बन्धमा केन्द्रीय बजार अनुगमन समितिसँग  छलफल हुनेछ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्र्याकको सम्बन्धमा, दार्चुलामा नेपाली सेनाले बनाइ राखेको तुसर पानी-कोठेधार-तिंकर सडकको सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा माननीय सहरी विकास मन्त्रीसँग छलफल हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया