असार २२, २०८२ आइतबार July 6, 2025

त्रिशुल प्रहार गरी एक जनाको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । दाङमा त्रिशुल प्रहारबाट एक जनाको हत्या भएको छ । बबई गाउँपालिका–३ गुन्द्री बजार बस्ने ४६ वर्षीय नारायण डाँगीको त्रिशुल प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिएका छन ।

डीएसपी सिंहका अनुसार सोही गाउँपालिका–३ धनुवास बस्ने २४ वर्षीय बालीराम ओलीले नजिकै रहेको दुर्गामाताको मन्दिरमा रहेको त्रिशुल झिकेर डाँगीलाई प्रहार गरेका थिए । त्रिशुल प्रहारबाट गम्भीर घाइते भएका ओलीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको डीएसपी सिंहले बताएका छन ।

‘त्रिशुल प्रहार गर्ने ओली हिजोसम्म हंसपुरस्थित जनता मावि क्वारेन्टिनमा भान्सेको काम गर्दै आइरहेका थिए,’ डीएसपी सिंहले भने, ‘जाँडरक्सी खाएर होहल्ला गर्ने गरेका कारण उनलाई हिजो मात्रै क्वारेन्टिनबाट घर पठाइएको थियो । तर आज बिहान उनले चिनजानकै मान्छेमाथि त्रिशुल प्रहार गरेका छन् ।’

डीएसपी सिंहका अनुसार डाँगीमाथि त्रिशुल प्रहार गरेपछि उनी भागेका थिए । स्थानीयबासिन्दाको सहयोगमा प्रहरीले नजिकैको जंगलबाट उनलाई नियन्त्रणमा लिएको सिंहले बताएका छन ।

त्रिशुल प्रहार गरेपछि भागेका ओली नचिनेको मानिसको घरभित्र पसेर धारिलो हतियार निकाली आफैंलाई प्रहार गरेका थिए । सो क्रममा उनको गुप्तांगमा समेत चोट लागेको डीएसपी सिंहले बताएका छन । गुप्तांगमा चोट लागेर घाइते भएका उनलाई तुलसीपु स्थित प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको उनले बताएका छन ।

ओली घाइते अवस्थामा रहेका कारण डाँगीमाथि उनले किन त्रिशुल प्रहार गरे भन्नेबारे खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार