असार २९, २०८२ आइतबार July 13, 2025

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रमा फिर्ता ल्याउने अवसर बन्योः प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रको बेला अतिक्रमण भएको भूमि गणतन्त्र बेला फिर्ता ल्याउने अवसर आएको बताएका छन्।

शनिबार निशान छाप संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै दाहालले भने, ‘नयाँ नक्सा भौगोलिक अखण्डताको विषय हो। राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्याउन लागेको छ। निर्णयमा सर्वसहमित हुने विश्वास गर्दछु। राष्टिय एकताको पक्षमा उभिएको मा धन्यवाद दिन चाहन्छु।’

भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि अतिक्रमित भूमि फिर्ता ल्याउन झकझक्याएको बताएका छन। भारतले नोभेम्बर २ मा भारतले विवादित मानिएको नेपालको भूमि समेटेर सार्वजनिक गरेपछि नेपाल अघि बढ्न बाध्य भएको बताएका छन।

उनले प्रतिनिधिसभामा भने, ‘भारतको चाहना नेपाललाई जिस्काउनु थिएन होला कस्मिरसँगको विवाद आफू अनुकुल बनाउनु थियो होला। तर हामी सबैलाई त्यसले झकझक्यो।’

उनले भारतले एक पक्षीय रुपमा नेपाली भूमीबाट बाटो बनाएपछि आफूहरु इतिहासको जिम्मेवारी पूरा गर्न अवसर दिएको उनले उल्लेख गरेका छन। नक्सा संशोधनले भारतसँगको सम्बन्ध र वार्तामा कुनै असर नपर्ने उनले उल्लेख गरेका छन। उनले भने, ‘हामी समाधान नहोस् पक्षमा छैनौं। हाम्रो तर्फबाट वार्ता र छलफलबाटै समाधान गर्ने पक्षमा छौं। हामी बच्चापना देखाउन चाहँदैनौं।’

दाहालले नेपालको चाहना भारतसँग मिलेर अघि बढ्ने रहेको बताउँदै छिटो वार्ताबाट समस्याको समाधान गर्न भारतलाई आग्रह गरेका छन। ‘हामीले भारतसँग मित्रता चाहेका छौं। विकास र संवृद्धितर्फ जान चाहेका छौं।

भारतको सहयोग अपरिहार्य छ, दाहालले अगाडि भने, ‘यो संशोधन भनेको दूरी बढाउनु होइन। उहाँहरुलाई समस्या समाधान गर्न झकझक्याउनु हो। असल मैत्रीको नयाँ चरणतिर जाओस् भन्न चाहन्छौं। हामी हाम्रा छिमेकीसँग सुमधुर र सन्तुलित सम्बन्ध कायम गर्न चाहन्छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार