मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्धारा लुम्बिनी ९० रनले पराजित

एपीएफले लुम्बिनी प्रदेशलाई हराउँदै लगातार तेस्रो जित दर्ता गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राजधानीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटअन्तर्गतको खेलमा विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ । एपीएफले लुम्बिनीलाई ९० रनले पराजित गरेको हो।

एपीएफले दिएको १५२ रनको विशाल लक्ष्य पछ्याएको लसम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६१ रनमात्र जोडेपछि एपीएफले ९० रनको विशाल जित हात पारेको हो।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २८ रन बनाउनुबाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ एपीएफकी इन्दू बर्माले तीन तथा विनु बुढाले २ विकेट लिइन्।

यसअघि मूलपानी मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन जोडेको थियो।

उसका लागि राष्ट्रिय महिला टिमकी कप्तानसमेत रहेकी इन्दू बर्माले ७० रनको शानदार अर्धशतकीय पारी खेलिन्। मात्र ५१ बलको सामना गरेकी इन्दूले ७ चौका र १ छक्का प्रहार गरिन्। त्यस्तै ममता चौधरीले ५८ बलमा ५ चौकासहित ५९ रनको अर्धशतकीय पारी खेलिन्।

त्यस्तै कप्तान सीता राना मगरले ८ रन थपिन्। बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र सर्मिला रोकाले समान १ विकेट लिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार