मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र बागमती विजयी

कर्णालीले लगातार तेस्रो हार खेप्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सुदूरपश्चिम र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् । त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ८१ रनले हरायो । सुदूरपश्चिमको यो दोस्रो जित हो । कर्णालीले लगातार तेस्रो हार खेपेको छ ।

जितको लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७० रन बनायो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो ।

यस्तै मूलपानी मैदानमा भएको अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई चार विकेटले हरायो । बागमतीको यो दोस्रो जित हो । जितको लागि १ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको बागमतीले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभरमा चार विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार