मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपाल पुलिसद्वारा भारतको नोयडा ६ विकेटले पराजित

यसअघि सशस्त्र प्रहरी १९ ओभरमा ८८ रन बनाएर अलआउट भएपछि आर्मी २६ रनले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वीरगन्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले भारतको नोयडालाई ६ विकेटले पराजित गरेको छ ।

खेलमा पुलिस क्लबले १२.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

पुलिसका खेलाडी शङ्कर राणाले नटआउट रहँदै सर्वाधिक २३ बलमा ३८ रन बनाए । यस्तै, अर्का खेलाडी रसिद खानले २५ बलमा ३१ रन र दिलीप नाथले १४ बलमा आठ रन जोडे ।

नोयडाका बलर सञ्जीव चतुर्वेदीले तीन ओभरमा सात रन दिएर दुई विकेट लिए भने अर्को बलर हर्षित सेठीले तीन ओभरमा २७ रन दिएर एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको वन्डर क्लब नोयडा भारतले नेपाल पुलिस क्लबलाई ८६ रनको लक्ष्य दिएको थियो । खेलमा नोयडाले २० ओभरमा ६ विकेटको क्षतिमा ८५ रन बनाएको हो ।

पुलिसका बलर ललित राजवंशीले चार ओभरमा १० रन दिएर दुई विकेट लिए भने रसिद खानले चार ओभरमा २१ दिएर दुई विकेट लिएका थिए ।

यस्तै, शेर मल्ल र सागर ढकालले एक–एक विकेट लिए । शेर मल्लले चार ओभरमा १७ रन र सागरले चार ओभरमा १५ रन दिएका थिए ।

यस अघि आज भएको पहिलो खेलमा खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरीलाई २६ रनले पराजित गरेको छ । सशस्त्र प्रहरी १९ ओभरमा ८८ रन बनाएर अलआउट भएपछि आर्मी २६ रनले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय १४ रन बनाएको हो । खेलमा आर्मीका खेलाडी सन्तोष कार्कीले सर्वाधिक ३१ बलमा ३२ रन बनाएका थिए ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरी सहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाले प्रतिस्पर्धा गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार