मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

टेस्ट क्रिकेट : पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा अस्ट्रेलिया ७९ रनले विजयी

अब सिरिजको अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ पुस । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

मेलवर्नमा टेस्टको चौथो दिन ३१७ रनको लक्ष्य पछाएको पाकिस्तान २३७ रनमा अल आउट भएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि कप्तान शान मसूदले सर्बाधिक ६० रन बनाए भने अघा सलमानले ५० र बाबर आजमले ४१ रनको योगदान दिएका थिए ।

पाकिस्तानलाई पराजित गर्नेक्रममा अस्ट्रेलियाका कप्तान पाट कमिन्सले ५ विकेट लिएका थिए । कमिन्सले यस टेस्टको दुवै इनिंगमा ५-५ विकेट लिएका छन् ।

यसअघि अस्ट्रेलियाले यस टेस्टमा पहिला ब्याटिंग गर्दै ३१८ रन बनाएको थियो भने पाकिस्तानले २६४ रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले दोस्रो इनिंगमा २६२ रन बनाएर पाकिस्तानलाई ३१७ रनको लक्ष्य दिएको थियो ।

योसँगै अस्ट्रेलिया ३ खेलको सिरिजमा २-० ले अगाडी रहेको छ र सिरिज पनि एक खेल अघि नै जितेको छ । अब सिरिजको अन्तिम खेल जनवरी ३ देखि सिड्नीमा हुने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार