मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप महिला टी-२० : बाग्मतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा

अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि भोलि सोमवार कोशी प्रदेशसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः बाग्मती प्रदेशलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ ।

आज आइतबार भएको एलिमिनेटर खेलमा खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ९ विकेटले हरायो । बाग्मतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४ ओभर ३ बलमा १ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि विन्दु रावलले नट आउट ५४ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी मनीषा उपाध्यायले १ विकेट लिइन् ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले १९ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो । बाग्मतीका लागि कञ्चन श्रेष्ठले ३८ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी करिश्मा थापाले ३ विकेट लिइन् ।

यो जितसँगै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा पुगेको छ । अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि भोलि सोमवार कोशी प्रदेशसँग खेल्नेछ । आजै कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा कोशीलाई हराउँदै एपीएफ फाइनलमा पुगेको थियो । फाइनल खेल आउँदो बुधवार हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार