मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

ब्राजिल फुटबलका अन्तरिम प्रशिक्षक बर्खास्त

रोद्रिगेजको अध्यक्षमा पुनर्बहाली भएलगत्तै प्रशिक्षक बर्खास्तीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २२ पुस । ब्राजिलले पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम प्रशिक्षक फर्नान्डो डीनिजलाई बर्खास्त गरेको छ ।

ब्राजिल फुटबल संघका अध्यक्ष एडलान्डो रोद्रिगेजले डीनिजलाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षकबाट हटाएको जानकारी दिएका छन् । डीनिज उनलाई गत जुलाईमा एक वर्षका लागि राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको थियो ।

Fernando Diniz: Brazil part company with interim head coach and seek  permanent replacement

डिनिजले फिफा विश्वकप छनोटका ६ खेलमा ब्राजिलको नेतृत्व सम्हालेका थिए । जसमा ब्राजिलले दुई खेलमा मात्र जित हासिल गरेको थियो भने तीन खेलमा हार बेहोरेको थियो ।

ब्राजिलले हाल रियल म्याड्रिडका इटालियन प्रशिक्षक कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयास गरेपनि उनले रियलसँग २०२६ सम्मका लागि सम्झौता नवीकरण गरेपछि नयाँ प्रशिक्षकको खोजीमा रहेको छ ।

Brazil fire interim coach Diniz after Ancelotti's snub - The Nation  Newspaper

अध्यक्ष रोद्रिगेजले अहिलेका लागि राष्ट्रिय टिमको जिम्मेवारी साओ पाउलोका प्रशिक्षक डोरिभल जुनियरले सम्हाल्ने बताएका छन् भने स्थायी प्रशिक्षकको खोजी जारी रहेको बताएका छन् । रोद्रिगेजको अध्यक्षमा पुनर्बहाली भएलगत्तै प्रशिक्षक बर्खास्तीको निर्णय आएको हो ।

हाल ब्राजिलको फुटबल संघमा सरकार र अदालतको हस्तक्षेप बढे पछि फिफाले समेत हस्तक्षेप नरोकिए निलम्बन गर्ने चेतावनी दिएको थियो ।

रियो दी जेनेरियो अदालतले अध्यक्ष र उनको कार्यसमितिलाई सन् २०२२ को निर्वाचनमा अनियमितता गरेको फैसला गरेपछि डिसेम्बर ७ मा पदमुक्त भएका थिए । तर उच्च अदालतले उनीहरुको पक्षमा फैसला गरेपछि रोद्रिगेजसहितका पदाधिकारी फुटबल संघमा फर्किएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार