३२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा लागेको नारा ‘इनफ इज इनफ’लाई संसदमा उठाएको छ ।
संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राजेन्द्र केसीले जनता सडकमा आइसकेको बताए ।कोरोनाविरुद्धको लडाईमा कांग्रेसले सरकारलाई सुरुदेखि साथ दिँदै आएको तर प्रधानमन्त्रीले विपक्षीले असहयोग गरेको भनेको भन्दै उनले थपे, ‘लोकलाज त राखिदिनुस् प्रधानमन्त्रीज्यू ।’
जनता भोकले मर्न थालेको तथा क्वारेन्टिनमा राम्रो व्यवस्था गर्न नसक्दा मानिसहरू ज्यान गुमाउन थालेको सांसद केसीले बताए । उनले अघि भने, ‘प्रधानमन्त्रीज्यूलाई भन्छु, इनफ इज इनफ । कन्ट्रोल गर्नुस् । अब जनता सडकमा आइसके । हामी पनि थाम्न नसक्ने अवस्था होला ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया