मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अफ्रिकन कप फुटबल आजदेखि, २४ देश सहभागी

उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी-बिसाउसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २८ पुस । आजदेखि ३४औं अफ्रिकन कप फुटबल प्रतियोगिता शुरु हुदै छ ।

आइभरी कोष्टले आयोजना गर्ने अफ्रिकन कपमा अफ्रिकाका २४ देशले भाग लिदैछन् र यस प्रतियोगिताको फाइनल खेल ११ फेब्रुअरीमा हुने छ ।

आज उद्घाटन खेलमा आयोजक आइभरी कोष्ट र गिनी-बिसाउसँग खेल्ने तालिका रहेको छ । यो खेल नेपाली समय अनुसार रति १स् ४५ बजेदेखि हुदैछन् ।

प्रतियोगिताको समुह ए मा आइभरी कोष्ट, नाइजेरिया, इक्वेटोरियल गिनी र  गिनी(बिसाउ रहेका छन् भने समुह बी मा इजिप्ट, घाना, केप भर्डे र मोजाम्बिक रहेका छन् ।

त्यस्तै समुह सी मा सेनेगल, क्यामरुन, गिनी र गाम्बिया रहेका छन् भने समुह डी मा अल्जेरिया, बुर्किना फासो, मौरिटानिया, एंगोला रहेका छन् ।

त्यसैगरी समुह ई मा ट्युनिसिया, माली, दक्षिण अफ्रिका र नामिबिया रहेका छन् भने समुह एफमा मोरक्को, डिआर कंगो, जाम्बिया र तान्जानिया रहेका छन् ।

प्रतियोगितामा ६ समुहका विजेता र उपविजेता राउण्ड १६ मा पुग्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देशले राउण्ड १६ मा स्थान बनाउने छन् ।

अफ्रिकन कपको उपाधि सबैभन्दा बढी इजिप्टले ७ पटक जितेको छ भने क्यामरुनले ५, घानाले ४, नाइजेरियाले ३, आइभरी कोष्ट, अल्जेरिया र डिआर कंगोले २(२ पटक जितेका छन् ।

त्यस्तै जाम्बिया, ट्युनिसिया, सुडान, सेनेगल, इथोपिया, मोरक्को दक्षिण अफ्रिका र कंगोले एक एक पटक जितेका थिए । सेनेगल अफ्रिकन कपको डिफेन्डिङ च्याम्पियन हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार