काठमाडौँ, २ माघ । अफ्रिकन कप अन्तर्गत सेनेगलले विजयी शुरुवात गरेको छ ।
सोमबार राती सम्पन्न समुह सी अन्तर्गतको खेलमा सेनेगलले गाम्बियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।
सेनेगलको जितमा लामिने कामाराले २ गोल गरेका थिए भने पापे गुएयेले एक गोल गरेका थिए ।
यस खेलमा खेलको पहिलो हाफको अन्त्यमा गाम्बियाका एबोउ एडम्सले रातो कार्ड पाएपछि गाम्बिया १० खेलाडीमा सिमित भएको थियो ।
अब सेनेगलले अर्को खेल आगामी शुक्रबार क्यामरुनसँग खेल्ने छ भने गाम्बियाले शनिबार गुएनासँग खेल्ने छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया