मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित

नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ७ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ माघ । नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

कोशी प्रदेशले दिएको १६७ रनको लक्ष्य पछाएको पुलिस क्लबले २३.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

पुलिसको जितमा अर्जुन साउदले अविजित ६२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ३८ रन बनाएका थिए । त्यस्तै दिलिप नाथले ३१, सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको कोशी प्रदेशले सुजन थपलियाको १०५ रनको शतकीय पारीसँगै  ४८.२ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो ।

यो जितपछि पुलिस २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेसले भने लगातार तेस्रो हार बेहोरेको छ ।

अब नेपाल पुलिस क्लबले अर्को खेल आगामी आइतबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले विहिबार त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार