मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पीएम कपमा बागमती प्रदेशको पहिलो जित

बागमती प्रदेशले मधेश प्रदेशलाई ८६ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ माघ । जारी पीएम कपमा बागमती प्रदेशले पहिलो जित हासिल गरेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ८६ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

पीएम कप क्रिकेट पुलिसको लगातार दोश्रो जित

बागमती प्रदेशले दिएको १९१ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २९ ओभरमा अल आउट हुदै १०४ रन मात्र बनाएको थियो ।

मधेश प्रदेशले २९औं ओभरमा आफ्ना ४ विकेट गुमाएको थियो । मधेश प्रदेशको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा बागमतीका बलर सुर्य तामाङले ६ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको बागमती प्रदेशले प्रतिष जिसीको सर्बाधिक ५९ रनको मद्दतले ४९.२ ओभरमा अल आउट हुदै १९० रन बनाएको थियो ।

अब बागमती प्रदेसले अर्को खेल बुधबार त्रिभुवन आर्मी क्लबविरुद्ध खेल्दै छ भने मधेश प्रदेशले विहिबार एपीएफविरुद्ध खेल्दै छ ।

यो जितपछि बागमती प्रदेशको ३ खेलमा २ अंक भएको छ भने मधेश प्रदेशको पनि ३ खेलमा २ अंक नै रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार