मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

सशस्त्रलाई पराजित गर्दै मैत्रीपूर्ण खेलमा नेपाली सेना विजयी

महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडी, प्रशिक्षक र टिम प्रबन्धकलाई प्रशंसापत्रसमेत प्रदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः मैत्रीपूर्ण खेलमा नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पराजित गरेको छ । २३औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेनाले सशस्त्रलाई २–० को गोलअन्तरले पराजित गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक मैदानमा भएको खेलमा ३५ वर्षभन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतको सहभागिता थियो । सशस्त्र प्रहरी बल टोलीका कप्तान प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेना टोलीका कप्तान उपरथी सन्तोषकुमार ढकालले एकापसमा मायाको चिनो आदान–प्रदान गर्नु भएको थियो । साथै महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडी, प्रशिक्षक र टिम प्रबन्धकलाई प्रशंसापत्रसमेत प्रदान गर्नुभएको थियो ।

शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनलगायतमा समन्वय र सहकार्य गर्दै अगाडि बढिरहेको नेपाली सेना र सशस्त्र प्रहरीबीच समय–समयमा यस्ता किसिमका खेलकुद प्रतियोगितालगायत अन्य गतिविधिसमेत गरिँदै आएको छ ।

सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार